Monday, October 6, 2025

दार्जिलिङमा अविरल वर्षापछिको पहिरोमा परी २३ नेपालीभाषीको मृत्यु


एजेन्सी । निरन्तरको बर्षापछि आएको बाढी र पहिरोमा परी भारत पश्चिम बंगालको दार्जिलिङमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । मृत्यु हुनेको संख्या अझैं बढ्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा अधिकांश नेपालीभाषी छन् । 

निरन्तर वर्षाका कारण पहाडी शहर र आसपासका क्षेत्रहरूमा एक दशककै सबैभन्दा ठूलो पहिरो गएको छ । पहिरोले घरहरू बगाएको छ, सडकहरूमा क्षति पुगेको छ । दार्जिलिङ, मिरिक, खरसाङ, कालेम्बुङलगायतका क्षेत्रहरु बर्षाले बढी प्रभावित भएका हुन् ।

भारतले नेपालको सिमावर्ती मानेभन्ज्याङमा मृत्यु भएका नेपाली नागरिकहरुको संख्यालाई पनि गणना गरेको छ । जस अनुसार १८ जना भारतीय र ५ जना नेपालीको निधन भएको जनाइएको छ । 

राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ)र पश्चिम बंगालको दार्जिलिङ र जलपाइगुडी जिल्ला प्रशासनद्वारा संकलित प्रतिवेदन अनुसार, धेरै स्थानहरू सरसाली, जसबीरगाउँ, मिरिक बस्ती, धार गाउँ (मेची), मिरिक ताल क्षेत्र र जलपाइगुडी जिल्लाको नागरकाटा क्षेत्रमा मृत्यु हुनेको संख्या धेरै छ । 

पहिरो र बर्षाका कराण सयौं पर्यटकहरू अलपत्र परेका छन् । भारी वर्षाले मिरिक र दुधिया बीचको फलामको पुलमा क्षति पुर्‍याएको छ ।

यता, दार्जिलिङमा गएको विनाशकारी पहिरोबाट विस्थापित ४० भन्दा बढी गाउँलेहरू मिरिकको सामुदायिक हलमा आयोजित राहत शिविरमा आश्रय लिएका छन् । 

प्रभावित गाउँलेहरूमध्ये एक राजन क्षेत्रीले परिवारका सदस्यहरू र आफ्नो घर गुमाएको बताए । आइतबार बाढी प्रभावित क्षेत्रहरुबाट १६० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो । यता, दार्जिलिङको सीमावर्ती जिल्ला इलाममा सोही किसिमको बर्षापछिको पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ नाघिसकेको छ ।  (एएनआइ)

Super Admin

Rangamanch

Please Login to comment in the post!

you may also like