Monday, October 6, 2025

‘बुलेटे आमा’ सुशिला उप्रेतीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गर्दै


काठमाडौं । ‘बुलेटे आमा’ का नामले चिनिने सुशीला उप्रेती तिवारीले प्रधामन्त्री सुशीला कार्कीसँग भेट्ने भएकी छिन् । बुलेट बाइक लिएर देश विदेश घुम्ने पहिचान बनाएकी उनले  असोज ४ गतेदेखि इजरायलसहित अन्य देश भ्रमण गर्ने योजना बनाएकी छन् । यात्राको पूर्वसन्ध्यामा ‘बुलेटे आमा’ ले जेनजी आन्दोलनको क्रममा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

भेटमा उनले वर्तमान राजनीतिक अवस्था, नेपाली महिलाको भूमिका, तथा सामाजिक विषयमा छलफल गर्ने बताएकी छिन् ।त्यस्तै उनले वर्तमान राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताएकी छिन् ।

६० वर्ष नाघिसकेकी ‘बुलेटे आमा’ ले यसअघि नै भारत, बङ्गलादेश, मलेसिया र थाइल्याण्ड भ्रमण गरिसकेकी छन् । बुलेट मोटरसाइकल चढ्दै ५७ भन्दा बढी जिल्लामा पुगेर नेपाली महिलाको साहस र क्षमताको परिचय दिइसकेकी उनले यसपटकको यात्रा झन् व्यापक र प्रभावशाली बनाउने लक्ष्य लिएकी छन् ।

यसैबीच, काठमाडौँ महानगरपालिकाले बुलेटे आमाको योगदानलाई सम्मान गर्न विशेष कार्यक्रमको तयारी गरिरहेको छ । सामाजिक सञ्जालमा व्यापक समर्थन बटुलिरहेकी तिवारीको अभियानलाई स्थानीय तहदेखि अन्तर्राष्ट्रिय समुदायले पनि चासोका साथ हेर्ने अपेक्षा गरिएको छ ।


Super Admin

Rangamanch

Please Login to comment in the post!

you may also like