- by Rangamanch
- Sep 20, 2025
काठमाडौं । विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न सोमबार नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपाली
राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई प्रस्थानन गर्न लागेको
हो ।
टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी
कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपालले त्यहाँ वेस्ट
इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । शुक्रबार नै यूएई जाने तयारीमा रहेको
नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा रोकिएको हो । आइतबार भिसा पाएसँगै नेपाली टोली
आज यूएई जाने भएको हो ।