- रंगमञ्च
- ०४ असोज २०८२
सर्लाही । सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई उल्टै दोषी बनाएर पक्राउ गरिएको भन्दै गोडैता नगरपालिका – ७ का स्थानीयवासी आक्रोशित बनेका छन् ।
प्रहरीले भने वडाध्यक्ष विनेश कुमार दासमाथि प्रहरी चौकीमा आक्रमण र प्रहरीमाथि कुटपिट गरेको आरोप लगाएको छ ।
मंगलबार इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट वडाध्यक्ष दासलाई पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए । उनका अनुसार असोज १७ गते साँझ गोडैता प्रहरी चौकीमाथि ढुंगामुढा र कुटपिट हुँदा वडाध्यक्षकै नेतृत्वमा समूह पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
प्रहरीले वडाध्यक्ष विनेश कुमार दासलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेको छ । उनलाई कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रो कसुरमा बुधबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आक्रमणबाट प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सइ) अवधेश प्रसाद यादवको अगाडिको दुईवटा दाँच भाँचिएको छ। प्रहरी चौकीमा कार्यरत अन्य ५ जना कर्मचारीसमेत घाइते भएका छन् ।