Site Logo
०५ मंसिर २०८२, शुक्रबार

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । 

बैठक बिहीबार दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्न लागेको हो ।

बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ । 

बैठकसँगै देउवा जेनजी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा देखिन लागेका हुन्। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते देउवा र उनकी पत्नी आरजु राणा माथि आक्रमण गरिएको थियो । 


सम्बन्धित खबर