Site Logo
०५ मंसिर २०८२, शुक्रबार

काठमाडौँमा पहिलो पटक ‘हरर चलचित्र महोत्सव’ हुने


काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा पहिलोपटक ‘काठमाडौँ हरर चलचित्र महोत्सव’ आयोजना हुने भएको छ ।

‘हेलोविन डे’को अवसर पारेर अक्टोबर ३१ देखि नोभेम्बर २ (कार्तिक १४ देखि १६) सम्म कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवमा १५ देशका २५ हरर फिल्म प्रदर्शन हुनेछ । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकका अनुसार विश्वभरबाट प्राप्त १०० भन्दा बढी फिल्ममध्ये गुणस्तर, मौलिकता र विषयगत विविधताको आधारमा यी फिल्महरू छनोट गरिएको हो । फिल्मको  आह्वान अन्तर्राष्ट्रिय प्लेटफर्म फिल्म फ्रीवे मार्फत गरिएको थियो ।

महोत्सवमा सहभागी फिल्महरूबिच प्रतिस्पर्धा हुनेछ, जसमा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट लघु फिल्म र उत्कृष्ट युवा फिल्म गरी तीन विधामा पुरस्कार प्रदान गरिनेछ।

महोत्सवमा सहभागी फिल्महरूबिच प्रतिस्पर्धा हुनेछ, जसमा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट लघु फिल्म र उत्कृष्ट युवा फिल्म गरी तीन विधामा पुरस्कार प्रदान गरिनेछ।

सम्बन्धित खबर