Site Logo
०५ मंसिर २०८२, शुक्रबार

फेरि ‘वडा नम्बर ६’ बनाउँदै निर्देशक उज्वल घिमिरेले


काठमाडौँ - वरिष्ठ निर्देशक उज्वल घिमिरेले आफ्नो निर्माण कम्पनी आयुष मूभिज प्रा.लि. को ब्यानरमा नयाँ फिल्म ‘वडा नम्बर ६’ निर्माण र निर्देशन गर्ने अनुमति पाएका छन् । रोचक कुरा के छ भने, घिमिरेले सोही शीर्षकको फिल्म सन् २०१५ मा पनि निर्देशन गरेका थिए, जसले त्यतिबेला दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको थियो।

नेपालमा प्रचलित कानुनी प्रावधानअनुसार १० वर्ष पूरा भएपछि फिल्मलाई पुरानै शीर्षकमा पुनः दर्ता गरेर निर्माण गर्न सकिने व्यवस्था छ। यही आधारमा उनले  ‘वडा नम्बर ६’ शीर्षकमै फिल्म दर्ता गरेका हुन्। १० वर्ष अघि बनेको यो चलचित्रमा  दीपकराज गिरी केदार घिमिरे जितु नेपाल दयाहांग राई आदिको अभिनय रहेको थियो ।

निर्माण अनुमति पाएसँगै घिमिरे अब कलाकार चयन, कथा विकास र छायांकन तयारीमा जुट्ने बताइएको छ। फिल्मले पुरानो संस्करणसँग कस्तो सम्बन्ध राख्ने वा पूर्णतया नयाँ कथावस्तुमा आधारित हुने भन्नेबारे अझै स्पष्ट खुलाइएको छैन।

घिमिरेले यसअघि ‘जिन्दगानी’, ‘लभ स्टेसन’, ‘विश्वास’ लगायतका सफल फिल्म निर्देशन गरिसकेका छन्। उद्योगभित्र भने उनको यो निर्णयलाई पुरानो ब्रान्डलाई नयाँ ढङ्गले पुनर्जीवित गर्ने प्रयासका रूपमा हेरिएको छ।

सम्बन्धित खबर