Site Logo
०५ मंसिर २०८२, शुक्रबार

फिल्म ‘लाली बजार’को छायाङ्कन सुरु


काठमाडौँ । फिल्म ‘लाली बजार’ को छायाङ्कन सुरु भएको छ । बुधवार बर्दियाको राजापुरमा शुभमुहुर्त गर्दै फिल्मले छायाङ्कन सुरु गरेको हो । फिल्मका निर्देशक यम थापा रहेका छन् ।

३५ दिनको छायाङ्कन सेडुलसहित सुरु भएको फिल्मको मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का छिन् । फिल्मलाई ‘जात्रा’ सिरिजमार्फत स्थापित निर्माण संस्था षट्कोण आर्ट्सले निर्माण गर्न लागेको हो ।

लेखनसहित निर्देशक थापाकै रहेको फिल्ममा रवीन्द्रसिंह बानियाँ, म्याक्स दीपेश खत्री निर्माता र निर्देशक प्रदीप भट्टराई कार्यकारी निर्माताका रूपमा रहेका छन् ।

‘यहाँ कथासँगै व्यथा हजार’ ट्याग लाइन राखिएको यो फिल्म आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ । 

सम्बन्धित खबर