Site Logo
०५ मंसिर २०८२, शुक्रबार

'परान' को कति पुग्यो कमाइ?


दीपक आचार्य (काकु) निर्देशित फिल्म 'परान' ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ।

प्रारम्भिक दिनहरूमा दर्शकको खासै चाप नदेखिए पनि बलियो 'वर्ड अफ माउथ' का कारण फिल्मले गति लिएको थियो। प्रदर्शनको तेस्रो शनिबारसम्म आइपुग्दा फिल्मको व्यापार १० करोड रूपैयाँ नजिक पुगेको छ। चलचित्र विकास बोर्डले 'परान' को तेस्रो शनिबार (१६ दिन) सम्मको आधिकारिक बक्स अफिस कमाइ सोमबार सार्वजनिक गरेको छ। बोर्डका अनुसार फिल्मले १६ दिनमा ९ करोड ८६ लाख ९४ हजार रूपैयाँ ग्रस कमाइ गरेको छ। यस अवधिमा फिल्मको ३ लाख ४७ हजारभन्दा बढी टिकट बिक्री भएका छन्। 'परान' गत कात्तिक १४ गतेदेखि देशभर प्रदर्शनमा आएको थियो। शेखर गोल्छा र रञ्जित आचार्य निर्माता रहेको यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडालगायतका कलाकारहरूको अभिनय छ।

सम्बन्धित खबर