Site Logo
०५ मंसिर २०८२, शुक्रबार

चलचित्र निर्माता संघको अध्यक्षमा भिड्दै सुनिल र उदय,


काठमाडौं । चलचित्र निर्माता संघको सोमबार हुने कार्यसमिति निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

अध्यक्ष पदको लागि सुनिलकुमार थापा र उदय सुब्बा भिड्दैछन् ।

महासचिव पदको लागि किरण नेपाली र खगेन्दप्रसाद लामिछानेबीच प्रतिस्पर्धा हुनेछ । सचिवमा युवराज गिरी र किसान पोखरेल प्रतिस्पर्धामा छन् ।आइतबार दिउँसोसम्म उम्मेदवारमाथि दावी, विरोधको समय दिइएको थियो । अध्यक्षका प्रत्यासी सुब्बाले अर्का प्रत्यासी थापामाथि उजुरी दिएका थिए ।

सुब्बाले सहमतिमा उजुरी फिर्ता लिएपछि अध्यक्षमा चुनाव हुने बाटो खुलेको हो ।

उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सर्वसम्मत

उपाध्यक्ष पदका लागि रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिएका छन् । कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका छन् ।

निर्विरोध चुनिने सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन् ।

सोमबार हुने १९ औं वार्षिक साधारण सभामा सर्वसम्मत हुने उम्मेदवारको घोषणा गरिने निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खबर