Site Logo
०५ मंसिर २०८२, शुक्रबार

ला– लिगामा शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो


काठमाडौं । ला– लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड रियल रायो भयकानोसँग गोलरहित बराबरीमा रोकिएको छ । 

लगातार कडा चुनौती दिएको भयकानोविरुद्ध रियलको रणनीति सफल नहुँदा गोल रहित बराबरीमा खेल टुंगिएको हो ।

पहिलो हाफमा राउल असेन्सियोले गरेको प्रहार गोल हुन सकेन । उसका लागि भिनिसियस जुनियर र जुड बेलिङघमले पाएका महत्त्वपूर्ण अवसर गुमाए ।

यो बराबरीसँगै शीर्ष स्थानको रियलले तालिकामा पाँच अंकको अग्रता बढाउने अवसर गुमाएको छ ।

सम्बन्धित खबर