Site Logo
०५ मंसिर २०८२, शुक्रबार

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै


काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । 

बैठक मंगलबार बिहान साढे ११ बजे पार्टी कार्यालय ललितपुरको सानेपामा बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

दुई दिन स्थगित गरिएको केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ । 

बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ भने महाधिवेशन कहिले गर्ने भन्नेबारे नेताहरु फरक–फरक धारणा राखिरहेका छन् । 

पार्टी नेता तथा पूर्वमन्त्री मो. आफताब आलमको निधनपछि केन्द्रीय समिति बैठक आइतबार र सोमबार  दुई दिन स्थगित गरिएको थियो ।

सम्बन्धित खबर